अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प र एलन मस्क एकसाथ चुनावी मञ्चमा

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख एलन मस्क एकसाथ चुनावी मञ्चमा देखिएका छन्।

राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले तीन महिना पछि शनिवार पेन्सिलभेनियामा चुनावी सभालाई सम्बोधन गरेका छन्। पेन्सिलभेनियामा उनीमाथि पहिलोपटक चुनावी सभाकै क्रममा गोली प्रहार भएको थियो।

उनले आफूमाथि भएको घटनालाई दुखद बताउँदै आफ्नो समर्थकलाई आगामी निर्वाचनमा जित हासिल गर्ने दावी गरे।

ट्रम्पसँगै मञ्चमा उप–राष्ट्रपति पदका लागि उम्मेदवार जेडी वेन्स र मस्क पनि सहभागी थिए। मस्कले मञ्चमा खुशी व्यक्त गर्दै ट्रम्पको समर्थन जनाए।

मस्क र ट्रम्पलाई एकसाथ मञ्चमा देखेपछि समर्थकहरूमा पनि निकै उत्साह देखिएको थियो।