इजरायली हवाई आक्रमण, लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या १२ लाख

इजरायली हवाई आक्रमणका कारण लेबनानमा विस्थापित व्यक्तिहरूको संख्या करिब १२ लाख पुगेको छ ।

लेबनानी मन्त्रिपरिषद्को विपद् जोखिम व्यवस्थापन इकाईले जारी गरेको प्रतिवेदनमा उल्लेख सो संख्या उल्लेख छ । हालसम्म लेबनानभर विस्थापित व्यक्तिहरूलाई आश्रय दिन ८६७ केन्द्रहरू खोलिएको छ । केही भागेर अन्य देशमा गए पनि कतिपयले सबैभन्दा लक्षित क्षेत्र छोड्न अस्वीकार गरेका छन् ।

लेबनान हाल गरिबीमा रहेको र जनताहरू पीडित रहेको बताइएको छ ।