अमेजनले यो वर्षको छुट्टी शपिङ सिजनका लागि २ लाख ५० हजार कर्मचारी भर्ना गर्ने

अमेजनले यो वर्षको छुट्टी शपिङ सिजनका लागि २ लाख ५० हजार यातायात र गोदामका कर्मचारीहरू भर्ना गर्ने योजना बनाएको कम्पनीले बिहीबार जानकारी दिएको छ।

यो योजना अघिल्लो वर्षसँग मिल्दोजुल्दो छ किनभने सन् २०२४ को अन्तिम त्रैमासिकमा अनलाइन शपिङ खर्चले समग्र छुट्टी बिक्रीलाई पार गर्न अपेक्षा गरिएको छ। ।“यद्यपि माग र कामको मात्रा बढ्ने अनुमान छ, २ लाख ५० हजार कर्मचारीहरू भर्ना गर्ने निर्णय हाम्रो सञ्चालनलाई निरन्तर बढाउन र सुधार गर्नका लागि सही संख्या हो,” अमेजनकी ग्लोबल अपरेशन्स कर्मचारी अनुभवका उपाध्यक्ष स्यान्डी गोर्डनले बताइन्।

२ लाख ५० हजार मौसमी कामदारहरू मध्ये कति प्रतिशत कर्मचारीहरू गोदाममा वा यातायातमा हुनेछन् भन्ने स्पष्ट छैन। यी कामदारहरूमा डेलिभरी सेवा साझेदारहरू वा उनीहरूको टिम समावेश नहुने रोयटर्सले जनाएको छ।अनलाइन छुट्टी शपिङकर्ताहरूले यस वर्ष कीर्तिमानी २४०.८ अर्ब डलर खर्च गर्ने अपेक्षा गरिएको छ जुन गत वर्षको तुलनामा ४.९% ले वृद्धि हो।

मास्टरकार्डको पूर्वानुमान अनुसार समग्र छुट्टी खर्च भने ३.२% ले सामान्य रूपमा वृद्धि हुने अनुमान गरिएको छ।रोयटर्सका अनुसार अमेजनको यो भर्ना योजना गत वर्षको तुलनामा स्थिर भए पनि यसले अझै टार्गेटजस्ता ठूला प्रतिस्पर्धीहरूलाई पछि पारिरहेको छ जसले छुट्टी सिजनमा १ लाख कर्मचारी थप गर्ने योजना बनाएको छ।

अमेरिकी खुद्रा व्यवसायहरूले अहिले कमजोर श्रम बजारको सामना गरिरहेका छन् र यस छुट्टी शपिङ सिजनमा ५ लाख २० हजार नयाँ रोजगारी थप्ने अपेक्षा गरिएको छ जुन गत वर्षको ५ लाख ६४ हजार २ सय रोजगारीको तुलनामा कम हो।अमेजनको यो घोषणा नेशनल लेबर रिलेशन्स बोर्डले अमेजनलाई ठेकेदार ब्याटल टेस्टेड स्ट्राटेजिज बीटीएसका ड्राइभरहरूको “संयुक्त नियोक्ता” भएको दावी गरेको एक दिनपछि आएको हो। ठेकेदारका चालकहरूले गत वर्ष इन्टरनेशनल ब्रदरहूड अफ टिम्सटर्स युनियनमा सामेल हुन मत दिएका थिए।

अमेजनका प्रवक्ताले युनियनले “तथ्यहरूलाई गलत रूपमा प्रस्तुत गरेको” बताउँदै टिम्स्टर्सले अमेजनलाई बीटीएसका ड्राइभरहरूको युनियनमा सामेल हुन प्रतिशोध गरेको आरोप लगाएको जनाएका छन्।