भारतीय कानुनबाट फरार घोषित जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध

विवादास्पद इस्लामिक उपदेशक र भारतीय कानुनअन्तर्गत फरार घोषित जाकिर नाइकको एक्स (पहिले ट्विटर) ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ।

जाकिर नाइकको एक्स ह्यान्डलमा लेखिएको छ– कानुनी कारबाही मागको जवाफमा जाकिर नाइकको एक्स ह्यान्डललाई भारतमा प्रतिबन्ध लगाइएको छ।

यसअघि शुक्रबार भारतीय विदेश मन्त्रालयले जाकिर नाइकको पाकिस्तान भ्रमणबारे पनि टिप्पणी गरेको थियो।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए- भारतीय कानुनअनुसार फरार जाकिर नाइकलाई पाकिस्तानमा अँगालो हालेर उच्चस्तरीय स्वागत गरिएको छ। यो अत्यन्तै निराशाजनक र निन्दनीय छ तर यो अचम्मको कुरा होइन।