टेस्लाले किन बिक्री बन्द गर्यो सबैभन्दा सस्तो कार ?

टेस्लाको सबैभन्दा सस्तो कार बजारबाट बाहिरिएको छ। ‘मोडेल ३ स्ट्याण्डर्ड रेञ्ज रियर–व्हील ड्राइभ’ अब अनलाइन कन्फिगरेटरमा उपलब्ध नहुने उल्लेख गरिएको छ।

साथै उक्त मोडेल ३ निर्माणको अनुपस्थिति बारेमा इलेक्ट्रेकले पहिलो पटक रिपोर्ट गरेको उल्लेख छ। साथै ३९,००० अमेरिकी डलरको मूल्य ट्यागको साथ यो इलेक्ट्रिक भेहिकल ब्रान्डको सबैभन्दा सस्तो विकल्प थियो।

अब मोडेल ३ लङ–रेन्ज रियर–ह्वील ड्राइभले ४२,५०० अमेरिकी डलरको खुद्रा मूल्यको साथ त्यो टाइटल लिएको जनाइएको छ। टेस्लाले जनवरीमा अमेरिकामा आफ्नो मोडल ३ लाइनमा रिफ्रेसको अनावरण गरेको थियो।

कम्पनीले बिहीबार तेस्रो त्रैमासिकको नम्बरहरू पोस्ट गर्दै जुलाई र सेप्टेम्बरको बीचमा ४६२,८९० सवारी साधनहरू डेलिभर गरेको उल्लेख गरिएको छ।

इन्ग्याजेटका अनुसार उक्त त्रैमासिक अवधिमा मूल्य कटौतीका साथै अन्य प्रोत्साहनहरूले बिक्रीलाई सहायता गरेको र जुन अघिल्लो वर्षको डेलिभरीको तुलनामा ६.४ प्रतिशत वृद्धिमा पुग्न पर्याप्त भएको उल्लेख गरिएको छ।

यद्यपि यस अवधिको लागि ४६९,००० भन्दा बढी डेलिभरी हुने भनि विश्लेषकहरूले गरेको अनुमानभन्दा यो तथ्याङ्क कम भएको जनाइएको छ।

साथै कम्पनीले सन् २०२३ मा ह्याण्ड ओभर (हस्तान्तरण) गरेको १.८ मिलियन गाडीहरू पार गर्नेछ भन्ने सीईओ एलोन मस्कको अनुमानलाई यस त्रैमासिक नतिजाले बाधा पुर्याउन सक्ने जनाइएको छ।

त्यसैगरी टेस्लाले यस वर्ष गाडी फिर्ताको साथ संघर्ष गरिरहेको जनाइएको छ। ती मध्ये धेरै जसो मुद्दाहरू ओभर–द–एयर अपडेटहरूसँग फिक्स गरिएको भए तापनि मुद्दाहरूको दायरा र संख्याले ग्राहकहरूलाई शंकामा छोडेको हुन सक्ने उल्लेख गरिएको छ।

गाडी फिर्ताले जनवरीमा २ लाख, फेब्रुअरीमा २ लाख, मेमा १ लाख २५ हजार, जुनमा १२ हजार जुलाईमा १८ लाख र अगस्टमा ९ हजारभन्दा बढी सवारी साधनलाई असर गरेको इन्ग्याजेटले उल्लेख गरेको छ।