स्वतन्त्र प्यालेस्टाइन राज्यबिना शान्ति र सुरक्षा सम्भव छैन !

कतारका अमिर तमिम बिन हमाद अल थानीले स्वतन्त्र प्यालेस्टाइनबिना शान्ति सम्भव नहुने बताएका छन्।

एसिया सहयोग संवाद शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसको राजधानी पूर्वी जेरुसेलम हुनुपर्ने बताए।

अल थानीको भाषण कतारको विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।

हेर्नुहोस्-

सम्बोधनमा अल थानीले भने, ‘शान्तिबिना सुरक्षा हासिल गर्न सकिँदैन र यो ४ जुन १९६७ भन्दा पहिलेजस्तो स्वतन्त्र प्यालेस्टाइन देशबिना सम्भव छैन, जसको राजधानी पूर्वी जेरुसेलम हो, यो अन्तर्राष्ट्रिय कानुन र अरब  शान्ति पहलको संकल्पअनुसार हुनुपर्छ।’

उनले अगाडि भनेका छन्, ‘कतारले प्यालेस्टाइनको अधिकार कायम राख्न र त्यहाँका जनताको कानुनी अधिकार प्राप्तिका लागि सहयोग गरिरहनेछ।’