एनसिसीएस समूहद्वारा प्रधानमन्त्री उद्धार कोषमा पाँच लाख

काठमाडौँ, १८ असोजः नेशनल क्रिएटिभ कोएजुकेशनल स्कूल (एनसिसीएस) समूहले हालैको बाढीपहिरो र डुबान प्रभावितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख छ हजार पाँच सय ५० प्रदान गरेको छ ।

एनसिसीएस र समूहमा आबद्ध शिक्षक तथा कर्मचारीका तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको समूहका निर्देशक सन्तोषराज मास्केले बताउनुभयो । साथै उहाँले देश दैवी विपत्तिमा परेका बेला विगतमा पनि समूहले सहयोग गरेको उहाँले स्मरण गर्नुभयो ।

मुलुकको शैक्षिक उन्न्नयन तथा दक्ष जनशक्ति उत्पादनमा समूहका शैक्षिक प्रतिष्ठानले सक्दो योगदान गर्दै आएको उहाँले बताउनुभयो ।