स्वतन्त्र प्यालेस्टाइन राज्यबिना शान्ति र सुरक्षा सम्भव छैन : कतार

कतारका अमिर तमिम बिन हमाद अल थानीले स्वतन्त्र प्यालेस्टाइनबिना शान्ति सम्भव नहुने बताएका छन्।

एसिया सहयोग संवाद शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यसको राजधानी पूर्वी जेरुसेलम हुनुपर्ने बताए।अल थानीको भाषण कतारको विदेश मन्त्रालयले आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ।