चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुल, घुम्न आउने पर्यटकहरुको भीड

 चीनले बनाएको विश्वको सवैभन्दा अग्लो पुलमा घुम्न आउने पर्यटकहरुको भीड लागेको छ ।

चीनका दुईवटा पहाडी प्रान्त युनान र गुइजोउलाई जोड्नेगरी बनाइएको पुल नदीदेखि ५६५ मिटर छ । जन गणतन्त्र चीन स्थापनाको ७५औं वार्षिकोत्सवको उपलक्ष्यमा यहाँ पर्यटकहरुको संख्या बढेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

पुलले स्थानीय यातायातमा उल्लेख्य सुधार गरेको छ र यस क्षेत्रको पर्यटनमा उल्लेख्य बृद्धि भएको स्थानीयको भनाइ छ । त्यहाँ होमस्टेहरु प्रशस्त खुलेका छन् । सन् २०२५ सम्म पुलको निर्माण पूर्ण रुपमा सकिने जनाइएको छ ।

‘पुल बन्नुअघि गाउँबाहिर जान चाहने हो भने पहिले पहाड चढ्नुपर्छ, त्यसपछि पहाडबाट तल खोलासम्म जानुपर्थ्यो, प्रायः चार घन्टा लाग्थ्यो, अब पर्यटक भएर घरमै बसेर जीविकोपार्जन गर्न सक्छौँ । बेलायत, जर्मनी, फ्रान्स, रुस, इजरायल र लेबनानलगायत धेरै देशबाट मेरो गृहनगर घुम्न आउँदैछन्,’ स्थानीय गाउँले सुआन्जुनले भने । -