लेबनानमा हिजबुल्लाहका १५ सदस्य मारिए : इजरायल

इजरायलले लेबनानको बिन्त जबेल जिल्लासहित धेरै ठाउँमा आक्रमण गरेको छ ।

आफ्नो आक्रमणमा १५ हिजबुल्लाह सदस्य मारिएको इजरायली सेनाले जनाएको छ । ‘रातभरि उनीहरूका युद्धक विमानहरूले बिन्ट जबेलमा स्थानीय प्रशासनको भवनमा आक्रमण गरेका थिए, त्यहाँ हिजबुल्लाह लडाकुहरू बस्दै थिए, साथै ठूलो मात्रामा हिजबुल्लाह हतियार पनि थिए ।’ इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले भनेको छ ।

आक्रमणमा १५ हिजबुल्लाह लडाकू मारिएको आईडीएफले भनेको छ । लेबनानमा हतियार भण्डारण साइटहरू र अवलोकन पोस्टहरू सहित आईडीएफले हिजबुल्लाहका झन्डै लगभग २०० ठाउँमा प्रहार गरेको बताएको थियो । यसअघि इजरायलको सेनाले दक्षिणी लेबनानमा आफ्ना आठ सैनिक मारिएको बताएको थियो ।

आईडीएफले मंगलबारदेखि हिजबुल्लाह विरुद्ध जमिनबाट आक्रमण सुरु गरेको छ । अर्काेतर्फ इरान समर्थित हिजबुल्लाहले युद्धको क्रममा इजरायली ट्याङ्कहरू ध्वस्त पारेको र इजरायली सेनालाई पछाडि धकेल्न आफूसँग पर्याप्त सेना र गोलाबारुद रहेको बताएको छ ।