बेरुतमा इजरायली आक्रमणमा अमेरिकी नागरिकसहित ५ जनाको मृत्यु

लेबनानको राजधानी बेरुतमा इजरायली आक्रमणमा परी ५ जनाको मृत्यु भएको छ।

लेबनानी अधिकारिहरूका अनुसार चिकित्सकीय सेवा केन्द्रमा भएको उक्त आक्रमणमा परी एकजना अमेरिकी नागरिकको पनि मृत्यु भएको छ।

इजरायली सेनाले बेरुतमा लक्षित गरी आक्रमण गरिएको उक्त केन्द्र हिजबुल्लाहसँग सम्बन्धित रहेको दावी गरेको छ।

५६ वर्षीय कामेल अहमद जवाद अमेरिकाको मिशिगनमा रहँदै आएको अमेरिकी राष्ट्रपति भवनका एकजना प्रवक्ताले उनको मृत्युबारे पुष्टि गरेका हुन्। अहमद आफ्नो आमाको देखभालका लागि लेबनान आएका थिए।

यसैबीच, बुधवार हिजबुल्लाहको आक्रमणमा परी ८ जना इजरायली सेनाको पनि मृत्यु भएको छ।