इजरायलले लेबनानमा स्थलगत गरिने सैन्य आक्रमणका लागि थप सेना पठायाे

इजरायलले लेबनानमा स्थलगत (जमिनबाट) गरिने सैन्य आक्रमणका लागि थप सेना पठाएको छ। 

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले दक्षिणी लेबनानमा ‘हिजबुल्लाहविरुद्ध सीमित र लक्षित कारबाही’ गर्न ‘अतिरिक्त बल’ पठाएको बताएको हो।आईडीएफका अनुसार यी सैनिक स्थलगत हमलामा सामेल हुनेछन्। 

यसअघि हिजबुल्लाहले लेबनानमा रहेको इजरायली सेनालाई पछि हट्न बाध्य पारेको दाबी गरेको थियो।