लेबनान घुसिरहेका इजरायली सेनालाई पछि हट्न बाध्य पार्‍यौँ : हिजबुल्लाह

लेबनानमा रहेको इरान समर्थित समूह हिजबुल्लाहले लेबनानमा इजरायली सेनाको भूमि घुसपैठलाई असफल बनाएको दाबी गरेको छ।

बुधबार बिहान विज्ञप्ति जारी गरी हिजबुल्लाहले इजरायली सेनासँग झडप भएको उल्लेख गरेको छ।इजरायली सैनिक अदाइसेह सहरमा प्रवेश गरिरहेका बेला हमला गरी रोकिएको हिजबुल्लाहको दाबी छ। 

विज्ञप्तिमा भनिएको छ- हिजबुल्लाह लडाकुहरू इजरायली सेनासँग भिडे, क्षति पुर्‍याए र उनीहरूलाई पछि हट्न बाध्य पारे।

इजरायलले अहिलेसम्म हिजबुल्लाहको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन।यसअघि इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले लेबनानको भूमिमा सैन्य कारबाही गर्ने घोषणा गरेको थियो।