इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहार, सात जना मारिए

 इजरायलको तेल अभिभमा गोली प्रहार र चक्कु प्रहारको घटनामा सात जना मारिएका छन् । इजरायली प्रहरीले मृत्युको पुष्टि गरेको हो । 

अन्य कयौँ घाइते भएको र घाइतेमध्ये केहीको अवस्था गम्भीर भएको बताइएको छ । जाफा क्षेत्रमा सर्वसाधारणमाथि एक बन्दुकधारीले गोली चलाएका थिए ।

आक्रमण रेल गाडीमा सुरु भएको थियो । प्लेटफर्म सम्म पनि आक्रमण जारी रहेको एउटा विज्ञप्तिमा स्थानीय प्रहरीले भनेको छ । 

सामाजिक सञ्जालमा पोष्ट गरिएका फुटेजहरूमा सडकमा शव देखिएका थिए । बन्दुक धारी र चक्कु बोकेको अर्को मान्छेले सर्वसाधारणमाथि आक्रमण गरेको प्रहरीले बताएको छ ।