इरानद्वारा इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार

इरानले इजरायलमाथि १८१ भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकाको चेतावनी पछि पनि इरानले सम्पूर्ण इजरायलमाथि मंगलबार राति १० बजे १८१ भन्दा बढी ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

यद्यपि, हालसम्म ठूलो क्षतिको विवरण आइसकेको छैन। तेल अभिभमा २ जना नागरिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इरानले निरन्तर आक्रमणहरू गरेपछि नागरिकहरूलाई बम शेल्टरमा जान भनिएको थियो।आक्रमण पछि इरानले भनेको छ – नसरल्लाहको शहादतको यो पहिलो बदला हो। यो त अझै सुरुवात मात्र हो।वास्तवमा, २७ सेप्टेम्बरमा इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेको थियो। यसमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका थिए।

इजरायली सेनाका प्रवक्ता डेनियल हागारीले भने – यस आक्रमणको परिणाम भोग्नु पर्नेछ। हामीसँग योजना छ र हामी आफ्नो इच्छा अनुसार समय र स्थान तय गरेर कारबाही गर्नेछौं।त्यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेनालाई इजरायलको मद्दत गर्ने बताएका छन्।

अमेरिकाले इरानले आक्रमण गरेको दाबी गरेको थियो । अमेरिकाले इरानलाई भनेको छ – यदि इजराइलमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नु पर्नेछ।

त्यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन् – इरानले आज राति ठूलो गल्ती गर्‍यो र उसले यसको मूल्य चुकाउनु पर्नेछ।