इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी, अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ तीन प्रतिशतले बढ्याे

 अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा मिसाइल आक्रमण गर्ने तयारी गरिरहेको बताएका छन् । यो खबर बाहिरिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको छ । यो वृद्धि करिब तीन प्रतिशत हो । 

 पछिल्लो एक वर्षमा मध्यपूर्वमा बढ्दो तनावका बिच ऊर्जा बजारमा शान्ति देखिएको थियो, चाहे त्यो इजरायली हमला होस् वा हुथी विद्रोहीको आक्रमण। धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायल विरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको सङ्केत प्राप्त गरेको समाचार प्रकाशित गरेका छन् । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले भने हाल इरानबाट कुनै पनि हवाई खतरा नरहेको बताए ।