के इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्न लागेकाे हाे ?

धेरै समाचार एजेन्सीका अनुसार अमेरिकाले इरानले इजरायलविरुद्ध मिसाइल प्रहार गर्ने तयारी गरिरहेको संकेत प्राप्त गरेको छ।

एएफपीले अमेरिकी अधिकारीलाई र  रोयटर्सले ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै उक्त समाचार लेखेका हुन्। अमेरिकी अधिकारीहरूले एएफपीलाई भनेका छन्- इरानले इजरायलमा आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्नेछ।

अमेरिकी नेटवर्क सीबीएसका अनुसार ह्वाइट हाउसका एक अधिकारीले भनेका छन्- इजरायलविरुद्ध कुनै पनि प्रत्यक्ष आक्रमणले इरानको लागि गम्भीर परिणाम निम्त्याउनेछ। यस्तै इजरायली सेनाका प्रवक्ताले इजरायलमाथि इरानले आक्रमण गरे गम्भीर परिणाम आउने चेतावनी दिएका छन्।

यसैबीच इजरायली रक्षा बलले एक्समार्फत  बेरुतमा आक्रमण सुरु गरिएको बताएको छ।