सुपर टाइफुन क्राथनका कारण हङकङका कम्तीमा ४४ उडान रद्द

सुपर टाइफुन क्राथन ताइवान नजिकै पुगेसँगै हङकङका धेरै एयरलाइन्सले हङकङ र ताइवानबीचको कम्तीमा ४४ उडान रद्द गरेका छन्। क्याथे प्यासिफिक एयरवेजले ताइपेई र काओसिङका मंगलबारदेखि बिहीबारसम्मका लागि निर्धारित १६ उडान रद्द गरेको घोषणा गरेको छ।

त्यस्तै, ताइपेई जाने तथा उताबाट हङकङ आउने अर्को २४ देखि ४८ घण्टाका उडान रद्द वा ढिलाइ हुन सक्ने जानकारी गराएको छ। यो अवधिको यात्रा योजना परिवर्तन गर्न वा स्थगित गर्न समेत सुझाव दिएको छ।

यसैगरी, हङकङ एक्सप्रेसले बुधबार र बिहीबार हङकङ र ताइवानका प्रमुख सहरबीच तय भएका २४ उडान रद्द गरेको छ। जसमा बिहीबारका लागि तय भएका ताइचुङ जाने र चाइचुङबाट हङकङ आउने ४ उडान छन्।

प्रभावित दिनमा ताइचुङ जाने वा ताइचुङबाट हङकङ आउन खोजेका यात्रुले आफ्नो अवतरण वा प्रस्थान ताइपेई वा काओसिङमा निःशुल्क परिवर्तन गर्न सक्ने पनि एयरलाएन्सले जानकारी गराएको छ। यसका साथै, हङकङ एयरलाइन्सले पनि अक्टोबर २ र ३ मा ताइपेई जाने र ताइपेईबाट हङकङ आउने चार उडान रद्द गरिएको घोषणा गरेको छ। ग्रेटर बे एयरलाइन्सले पनि बुधबारका लायि तय भएको हङकङ–तोइपेईको दुईतर्फी उडान रद्द गरिएको जनाएको छ।