स्वीटजरल्यान्ड र इटलीले आफ्ना सीमामा पुनः रेखा खिचे

स्वीटजरल्यान्ड र इटलीले आफ्ना केही सीमामा पुनः रेखा खिचेका छन् ।

जलवायु परिवर्तनका कारण अल्पस हिम शृङ्खलामा म्याटरहर्न हिमाल तलको हिस्साबाट हिमनदीहरू पग्लिएका छन् । स्वीटजरल्यान्ड र इटलीको सीमाको ठूलो हिस्सा हिमनदीले छुट्याएको छ । तर हिमनदी पग्लिन थालेपछि यी प्राकृतिक सीमा सरेका छन् । यस्तोमा दुबै देशले पुनः सीमा निर्धारण गर्न खोजेका हुन् । स्वीटजरल्यान्डले गएको शुक्रबार नै नव निर्धारित सीमा रेखालाई मञ्जुरी दिएको थियो ।

तर इटलीले अहिलेसम्म यो काम गरेको छैन ।  सन् २०२३ मा स्वीटजरल्यान्डले आयतनको ४ प्रतिशत हिमनदी गुमाएको गएको वर्ष सेप्टेम्बरमा सार्वजनिक भएको तथ्यांकले देखाएको थियो । सन् २०२ मा स्वीटजरल्यान्डमा निकै थोरै मात्रामा हिउँ परेको एउटा वार्षिक प्रतिवेदनले देखाएको थियो । यो प्रवृत्ति दोहोरिँदै गयो भने सीमा समस्या झनै बढ्ने देखिन्छ । दुबै देशको आर्थिक हितअनुसार सीमा रेखा पुनः निर्धारण गरिएको शुक्रबार स्वीटजरल्यान्डले भनेको थियो ।