ईरानले इजरायलमाथि प्रत्यक्ष आक्रमण गरे परिणाम नराम्रो हुने अमेरिकाको चेतावनी

अमेरिकी रक्षा मन्त्री लयड जे अस्टिनले इजरायलमाथि ईरानले प्रत्यक्ष आक्रमण गरे परिणाम नराम्रो हुने चेतावनी दिएका छन्।

आफ्नो सामाजिक सञ्जाल एक्समा लेख्दै उनले इजरायलका रक्षा मन्त्री योआभ ग्यालेन्टसँग सुरक्षा घटनाक्रम र इजराइलको अभियानको विषयमा कुराकानी भएको भन्दै इजरायलको  आत्मरक्षा सम्बन्धी अधिकारलाई अमेरिकाले समर्थन गर्ने बताए।

उनले लेखेका छन्, ‘हामी सीमासँग जोडिएका संरचनालाई नष्ट गर्ने विषयमा सहमत छौँ। ताकी लेबनानी हिजबुल्लाह समूहले इजरायलको उत्तरी समुदायमाथि गत वर्ष ७ अक्टुबरमा गरेको जस्तो आक्रमण नगरोस्।’

सीमाका दुबै तिर बस्ने नागरिक सुरक्षित रूपले आफ्नो घर फर्किन सकुन् त्यसका लागि कुटनीतिक समाधानको आवश्यकता रहेको पनि उनले बताए।

अमेरिका ईरान र ईरान समर्थिक आतङ्ककारी सङ्गठनको खतराबाट अमेरिकी कर्मचारी, नागरिक, साझेदार र सहयोगीहरूको रक्षाका लागि राम्रो स्थितिमा रहेको र त्यसको फाइदा कसैलाई उठाउन नदिने पनि उनले प्रष्ट पारे।

लयडले ईरानले यदि इजरायलविरुद्ध प्रत्यक्ष आक्रमण गर्ने निर्णय गर्छ भने त्यसको परीणाम नराम्रो हुने चेतावनी समेत दिए।