नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु

नासा र स्पेसएक्सले शनिबार अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् ।

‘क्रु–९’ नाम दिइएको यो मिशनले नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभलाई आइएसएसमा लैजाँदैछ । यो स्पेसएक्ससँग नासाको नवौँ व्यावसायिक चालक दल परिवर्तन मिशन हो ।

 स्पेसएक्सको फाल्कन ९ रकेटले शनिबार स्थानीय समयानुसार दिउँसो १ः१७ मा फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनबाट ड्रागन अन्तरिक्ष यानमा सवार चालक दललाई प्रक्षेपण गर्यो । नासाका अनुसार अन्तरिक्ष यानलाई साँझ ५ः३० मा आइएसएससँग डक गर्ने तालिका रहेको छ । 

नासाका अनुसार क्रु–९ सदस्यहरूले रगत जम्ने अध्ययन, अन्तरिक्षमा उब्जाइएका बोटबिरुवाहरूमा चिसोपनको प्रभाव र अन्तरिक्ष यात्रीहरूमा दृष्टि परिवर्तनसम्बन्धी दुई सयभन्दा बढी वैज्ञानिक अनुसन्धान सञ्चालन गर्नेछन् ।

अन्तरिक्ष यान अर्को फेब्रुअरीमा क्रु–९ का अन्तरिक्षयात्रीहरूसँगै फर्किने अपेक्षा गरिएको छ । साथै नासाका अन्तरिक्षयात्रीहरू सुनी विलियम्स र बुच विल्मोर पनि पृथ्वीमा फर्किने अपेक्षा गरिएको छ । उनीहरू जुनमा बोइङ स्टारलाइनरमा स्टेशनमा उडेका थिए र त्यसबेलादेखि अन्तरिक्षमै अलपत्र परेका छन् । 

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे  रेकर्ड

यी रुसी अन्तरिक्षयात्री अन्तरिक्षमा १ हजार १११ दिन बिताएर पृथ्वीमा फर्के, बन्याे…

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

पाकिस्तान सरकारले धेरै संस्थानको निजीकरण गर्ने वा बन्द गर्ने

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग :  प्रतिवेदन

सन् २०२० देखि यता ऊर्जाका लागि २० खर्ब डलर लगानी सहयोग : प्रतिवेदन

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जोड दिइरहेका छन्?

जम्मू-कश्मीर विधानसभा चुनावः किन भाजपा र काङ्ग्रेसले कश्मीरभन्दा जम्मूमा बढी जो…

युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित हुने

युरोपको प्रयोगशाला सिइआरएनले रुससँग सम्बन्ध तोड्दा करिब ५०० वैज्ञानिक प्रभावित…

अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्षयात्री सुनिता  र बुच विलमोरलाई फिर्ता ल्याउने  मिसनमा स्पेस एक्स

अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्षयात्री सुनिता र बुच विलमोरलाई फिर्ता ल्याउने …

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु : राष्ट्रसङ्घ प्रमुख

बेरुतमा फैलिएको त्रासदीबाट गम्भीर चिन्तित छु : राष्ट्रसङ्घ प्रमुख

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु