हेलिकप्टर दुर्घटना :६ जनाको मृत्यु, आठ जना घाइते

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा शनिबार भएको हेलिकप्टर दुर्घटनामा छ जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

मारी पेट्रोलियम कम्पनी लिमिटेडका कर्मचारी बोकेको चार्टर्ड हेलिकप्टरमा शेवा क्याम्प जाँदै गर्दा प्राविधिक समस्या भई प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा दुर्घटनाग्रस्त भएको उत्तरी वजिरिस्तानको प्रहरी स्रोतले सिन्ह्वालाई बताएको छ ।

दुर्घटनामा छ जना यात्रुको घटनास्थलमै मृत्यु भएका र अन्य आठ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान सुरु गरिएको छ । घटनालगत्तै उद्धारकर्ता र सुरक्षाकर्मी घटनास्थलमा पुगेर राहतकार्य सुरू गरेका थिए ।