युक्रेनमा चीनको शान्ति प्रयासमाथि अमेरिकी विदेशमन्त्रीको प्रश्न

काठमाडौँ, १२ असोज :अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनालाई युद्ध सामाग्री निर्यात गरेको आरोप लगाउँदै शुक्रबार युक्रेनमा शान्ति स्थापना गर्ने चीनको मनसायप्रति प्रश्न उठाउनुभएको छ ।

ब्लिन्केनले संयुक्त राष्ट्र महासभाको क्रममा चिनियाँ विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा चीनको कूटनीतिक प्रगतीलाई श्रेय दिँदै ब्लिन्केनले संयुक्त राज्य अमेरिकाले रुसलाई युद्धका लागि आवश्यक सामग्री निर्यात गर्ने चीनको व्यवहारप्रति चिन्तनशील रहने र वासिब्टनले थप प्रतिबन्धहरू लगाउन सक्ने चेतावनी दिनुभएको छ ।

चीनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्धनीतिलाई समर्थन गरिरहेको आरोप लगाउनुभएको छ ।

“बेइजिङले एकातर्फ आफुले शान्ति चाहने बताइरहेको छ, तर अर्कातिर द्वन्द्वको अन्त्य हेर्न चाहन्छ । यसले आफ्ना कम्पनीलाई कार्यहरू गर्न अनुमति दिइरहेको छ जसले वास्तवमा पुटिनलाई आक्रमण जारी राख्न मद्दत गरिरहेको छ, त्यो हुनु हुँदैन”, ब्लिन्केनले पत्रकार सम्मेलनमा भन्नुभयो ।

“हाम्रो उद्देश्य रूसलाई चीनबाट अलग गर्नु होइन । उनीहरूको सम्बन्ध उनीहरूको व्यवसाय हो तर चीनले रुसलाई युद्ध जारी राख्न आवश्यक पर्ने कुरा प्रदान गरिरहेक छ, यो हामी र अन्य धेरै देशका लागि समस्याको कुरा हो”,ब्लिन्केनले बताउनुभयो ।

शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनले रुसलाई सैन्य उत्पादनका लागि आवश्यक ७० प्रतिशत मेसिन उपकरण र ९० प्रतिशत माइक्रोइलेक्ट्रोनिक्स प्रदान गरेको छ जसमा रकेट र युद्ध सवारी साधनहरू समावेश छन् ।

बैठकका क्रममा वाबले युक्रेन द्वन्द्वमा चीनले सधैँ शान्ति र संवादको वकालत गर्ने र राजनीतिक समाधानका लागि काम गर्ने बताउनुभएको बेइजिङको विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चीनले रुसलाई प्रत्यक्ष रूपमा हतियार उपलब्ध गराएको छैन र सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई अरबौं डलरको हतियार पठाएको संयुक्त राज्य अमेरिकाको विपरीत रहेको विज्ञप्तीमा जनाइएको छ ।

सुरक्षा परिषद्को मङ्गलबार आयोजित एउटा सत्रमा वाबले भन्नुभयो “चीन युक्रेन सङ्कटको सृष्टिकर्ता होइन, न त हामी यसको पक्ष हौँ“ भने चीन सधैँ शान्तिको पक्षमा उभिएको छ ।”

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

युक्रेनमा बढ्दो तनावको समयमा ट्रम्प र जेलेन्स्कीबीच भेटवार्ता

विश्वका शीर्ष कूटनीतिज्ञले नेतान्याहुलाई ’रोक्न’ असफल भएकोमा ईयुद्वारा खेद प्रकट

विश्वका शीर्ष कूटनीतिज्ञले नेतान्याहुलाई ’रोक्न’ असफल भएकोमा ईयुद्वारा खेद प्रकट

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

हामीले हिजबुल्लाहको ‘हेटक्वाटर’मै हमला गर्‍यौँ : इजरायल

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो : डोनाल्ड ट्रम्प

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

छिमेकी देशहरूमा सरकार परिवर्तनले भारतको विदेश नीतिमा कस्तो प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव पार्छ?

दुर्गा पूजाअघि नै मनपर्ने माछाको खेप भारत पुग्यो, हिल्सा कूटनीतिले के प्रभाव …

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द

भिडले अन्तर्धार्मिक दम्पतीमाथि आक्रमण गरेपछि देहरादुनको मुख्य बजार बन्द