चाडपर्वलाई मध्यनजर गर्दै देशभर रेल सेवा विस्तार गरिने : भारतीय रेलमन्त्री

भारतका रेलमन्त्री अश्विनी वैष्णवले शुक्रबार नजिकिँदे गरेको छठ पूजा र दिवालीको अवसरमा यात्राको सहजता सुनिश्चित गर्न देशभर कोच र विशेष ट्रेन सेवाहरू थप गर्ने घोषणा गर्नुभएको छ ।

वैष्णवले भन्नुभयो, “यस चाडपर्वको समयमा १०८ ट्रेनहरूमा जनरल कोच थप गरिएको छ । छठ पूजा र दिवालीको समयमा  १२ हजार ५००  विशेष ट्रेन सेवा प्रदान गरिनेछ । सन् २०२४–२५ मा आजसम्म कुल पाँच हजार ९७५ ट्रेनलाई अधिसूचित गरिएको छ । यसले एक करोडभन्दा बढी यात्रुहरूलाई सुविधा दिनेछ ।”

यसअघि सेप्टेम्बर २४ मा अश्विनी वैष्णवले राजस्थानको ‘कवच ४.०’ को निरीक्षण गर्नुभएको थियो ।  कवच  रेल दुर्घटना रोक्न डिजाइन गरिएको एक स्वचालित ट्रेन सुरक्षा प्रणाली हो । कवच ४.० भारतमा पहिलोपटक  माधोपुरबाट सुरु भएको छ । कवचले ट्रेनलाई खराब मौसममा सुरक्षित रूपमा चलाउन मद्दत गर्दछ ।

वैष्णवले शुक्रबार दिल्लीको हजरत निजामुद्दीन रेलवे स्टेशनमा भारत–नेपाल यात्राको लागि भारत गौरव ट्रेनको उद्घाटन गर्नुभएको छ । यसबाट पर्यटकहरूले भारत र नेपालले साझा गरेको समृद्ध सांस्कृतिक सम्पदाको अनुभव गर्न सक्ने उहाँले बताउनुभयो ।