उष्णकटिबंधीय आँधीको कारणले नयाँ चालक दलसहितको मिसन प्रक्षेपण स्थगित : नासा

नासा र स्पेसएक्सले उष्णकटिबंधीय आँधीको चिन्ताको कारणले नयाँ चालक दलसहितको मिसनको प्रक्षेपण शनिबारसम्मका लागि स्थगित गरेको नासाले जनाएको छ ।

स्थगित हुनुभन्दा पहिले फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेशनको लन्च कम्प्लेक्स ४० बाट बिहीबार मिसन प्रक्षेपण गर्ने योजना गरिएको थियो ।नासा र स्पेसएक्सले प्रक्षेपण क्षेत्रमा अपेक्षित उष्णकटिबन्धीय आँधीका कारण शनिबार पूर्वी समय दिउँसो १ः१७ भन्दा यता प्रक्षेपण नहुने जनाएका छन् ।

नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोस्मोस अन्तरिक्ष यात्री अलेक्सांद्र गोर्बुनोवले एजेन्सीको स्पेसएक्स क्रू–९ मिशनमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा प्रक्षेपण गर्नुहुनेछ ।यो उडान नासाको कमर्शियल क्रु प्रोग्राम अन्तर्गत स्टेशनमा स्पेसएक्स सँगको नौैं चालक दल रोटेशन मिसन हो ।