इजरायली हवाई आक्रमणमा लेबनानमा थप १५ जनाको मृत्यु, दोस्रो गाजा बन्ने संकेत

इजरायली हवाई आक्रमणमा परी लेबनानमा थप १५ जनाको मृत्यु भएको छ ।

लेबनानको केन्द्र भागमा पर्ने जून शहरमा इजरायलले गरेको आक्रमणमा थप १५ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घटनामा ७ जना घाइते भएका छन् ।

यससँगै इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ५७३ पुगेको छ ।

यसअघि हिजबुल्लाहले दर्जनौँ मिसाइल इजरायलको २ सैन्य क्षेत्रमा प्रहार गरेको थियो । यसलगत्तै इजरायलले लेबनानको दक्षिणी क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको थियो ।

गत हप्ता लेबनानमा भएको घटनाले एक वर्षअघिका सम्झनाहरू ल्यायो । इजरायलले नागरिकलाई चेतावनी दिएको छ । गाजामा पनि नागरिकलाई आक्रमण स्थलबाट टाढा रहन भनिएको थियो ।

इजरायलले हिजबुल्लाहलाई दोष दिइरहेको छ, जसरी उसले हमासलाई नागरिक मानव ढालको रूपमा नागरिक प्रयोग गरेको आरोप लगाएको थियो ।

इजरायलका आलोचक भन्छन्, ”इजरायलले चेतावनी ठीकसँग दिएको थिएन र परिवारहरूलाई खाली गर्न पर्याप्त समय पनि थिएन ।”

युद्धको कानूनले भनेको छ कि नागरिकको सुरक्षा हुनुपर्दछ र सेनालाई अन्धाधुन्ध र असमानतापूर्वक प्रयोग गर्नु हुँदैन ।

हिजबुल्लाहका केही आक्रमणमा इजरायलका आवासीय क्षेत्र पनि निशाना बनाइएको थियो । जसका कारण नागरिकको सुरक्षाका लागि बनेका ऐन–कानून उल्लङ्घन भएका छन् । हिजबुल्लाहले इजरायली सेनालाई पनि निशाना बनाएको थियो ।

इजरायल, अमेरिका र बेलायतले हिजबुल्लाहलाई आतंकवादी संगठन मान्छन् । इजरायलले आफ्नो सेना नियमको पालना गर्ने सैद्धान्तिक भएको दाबी गरेको छ । तर, गाजामा इजरायली सेनाको कारबाहीको विश्वको ठूलो हिस्साले निन्दा गरेको छ ।

सीमामा युद्ध बढ्दै जाँदा स्थिति थप गम्भीर बन्दै गएको छ ।