रुसद्वारा युक्रेनको उत्तरपूर्वी सहरमा नयाँ तरिकाकाे आक्रमण

 रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा नयाँ तरिकाले आक्रमण शुरु गरेको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार यी आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । 

अधिकारीहरूका अनुसार मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको थियो । आक्रमण चार जिल्लामा भएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । उनीहरूको आक्रमणको लक्ष्य युक्रेनी नागरिकहरू भएको उनले बताए । 

युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसले गरेको आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर साझा गर्दै विज्ञप्ति जारी गरेका थिए ।