रेल यातायातको लागि विश्वव्यापी हब बन्ने टर्किएको लक्ष्य

 काठमाडौँ, ८ असोज : टर्किएले एसिया र युरोपलाई जोडन पुल निमार्ण गरेर रेलमार्ग यातायातको लागि विश्वव्यापी हबको रूपमा स्थापित गर्ने लक्ष्य राखेको टर्किए यातायात तथा पूर्वाधारमन्त्री अब्दुलकादिर उरालोग्लुले बताउनुभएको छ । 

“हामी हाम्रो उच्च–गति र परम्परागत रेल प्रणालीलाई सन् २०५३ सम्म विस्तार गर्ने योजनाको साथ अगाडि बढिरहेका छौं”, उरालोग्लुले भन्नुभयो । 

हाल १४ हजार किलोमिटरमा फैलिएको उच्च–गति रेलवे नेटवर्कमा आठ हजार ५५४ किलोमिटर नयाँ रेलमार्ग थपिने उहाँले बताउनुभयो । 

टर्किएले राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पर्क सुधार गर्न रेलवे, बन्दरगाह, औद्योगिक केन्द्र र लजिस्टिक हबबीच एकीकरण गराउने लक्ष्य राखेको उरालोग्लुले जोड दिनुभयो ।

साथै, उहाँले माल ढुवानी र यात्रु यातायातला लागि  रेल क्षेत्रको रणनीतिक महत्वबारे प्रकाश पार्नुभएको छ  ।

मन्त्रालयले रेललाई एयरपोट र बन्दरगाहहरूसँग जोडेको छ र हाम्रो लक्ष्य देशभर रेलको सुविधालाई सुदृढ पार्ने लक्ष्य राखेको  छ ।