इजरायलको आक्रमणमा परि लेबनानमा दुइ दिनमा ५५८ जनाको मृत्यु

 लेबनानमा इजरायलले सोमबारदेखि गरेको आक्रमणमा अहिलेसम्म ५५८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

लेबनानका स्वास्थ्यमन्त्री फिरास अबियादले मृत्यु हुनेमा ५० बालबालिका र ९४ महिला समेत रहेका छन् । इजरायली हवाई हमलाका कारण लेबनानमा अहिलेसम्म १८ सय ३५ जना घाइते भएका छन् । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा भिषण आक्रमण शुरु गरेको छ ।

आक्रमणपछि दक्षिणी लेबनानमा हजारौं मानिस विस्थापित भएको मिडिया रिपोर्टमा उल्लेख छ । अहिलेसम्म हवाई हमलामा विस्थापित भएका १६ हजार ५०० जनालाई १५० विद्यालयमा राखिएको बताइएको छ । इजरायलले घर नजिकै हतियार राखिएको ठाउँ छाड्न सर्वसाधारणलाई आग्रह गरेको छ । इजरायलले हिजबुल्लाहले हतियारहरू इजरायलविरुद्ध प्रयोग गर्न चाहेको र त्यसको सुरक्षाका लागि लेबनानी जनतालाई मानव ढाल बनाएको आरोप लगाएको छ ।