कारमा प्रयोग हुने चिनियाँ प्रविधिमाथि प्रतिबन्ध लगाउदैँ अमेरिका

संयुक्त राज्य अमेरिकाले चीन र रुसमा बनेका कार, ट्रक र बसहरुमा प्रयोग हुने केही हार्डवेयर र सफ्टवेयरमाथि प्रतिबन्ध लगाउने भएको छ। 

सुरक्षाको जोखिम औँल्याउँदै अमेरिकाले यस्तो योजना अघि सारेको हो। 

बीबीसीका अनुसार स्वचालित ड्राइभिङ र कारलाई अन्य नेटवर्कमा जोड्न प्रयोग हुने प्रविधिमा अमेरिकी अधिकारीले प्रश्न उठाएका छन्।यसले अमेरिकी सडकमा शत्रुलाई कारहरु ‘मेनिपुलेट’ अर्थात् नियन्त्रणमा राख्न अवसर मिल्ने उनीहरुको दाबी छ। 

अहिले अमेरिकी कारहरुमा निकै थोरै मात्रामा चीन र रुसमा बनेका सफ्टवेयर प्रयोग भइरहेको छ। तर वाणिज्य सचिव जिना राइमोन्डोले अमेरिकालाई जोगाउन निर्दिष्ट र सुरक्षित कदमका रुपमा यो योजना ल्याइने बताएकी छिन्। 

यो योजना अहिले छलफलकै चरणमा रहेको बताइएको छ।