सप्तकोशीमा पानीको उच्च बहाव, ४६ वटा ब्यारेजको ढोका खोलियो
भइरहेको भारी वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च बढेपछि ४६ वटा ढोका खोलिएको छ ।
पानीको बहाव बढेकोले कोसी ब्यारेजको ४६ वटा ढोका खोलिएको छ ।
आज बिहानको मापनअनुसार कोसी ब्यारेज भएर ३ लाख ३४ हजार ८० क्युसेक पानी प्रतिसेकेन्डका दरलले बहाव भइरहेको सुनुरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र मणि पोखरेलले बताए ।
त्यस्तै, कोसीको बहावले खतरा बढेपछि स्थानीय प्रशासनले त्यस क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको छ ।
प्रतिक्रिया