कमला किनारका स्थानीय बासिन्दामा ‘बाढीको त्रास

तराई क्षेत्रको सिराहा र धनुषा को बिचमा कमला नदीको पानि जयनगर पुगेर भारतमा प्रवेश गर्छ ।

कमला नदीलाई स्थानीय समुदाका मानिसहरुले कमला माँताको रुपमा पूजा अर्चना गर्छन् ।

यो नदीलाई हरेक वर्ष कात्तिक पुर्णिमाको दिन यो नदीमा ठुलो सांस्कृतिक मेला लाग्ने गर्छ ।

कमला नदीमा हरेक वर्ष बाढी आएर बाँध टुटछ कि भनेर स्थानीय बासिन्दाहरुको त्रास बढेको छ ।

कमला नदीको बाँध एक दशक अगाडि कमलाको बाँधलाई बगाएर अनियन्त्रित भइ एक दर्जन भन्दा बढी गाउँलाई डुबाएपछि कमलाको नियन्त्रणमा नेपाल सरकार र भारत सरकारले संयुक्त रुपमा अग्रसरता देखाएका थिए ।

त्यसलगत्तै नेपाल र भारत सरकारको आर्थिक सहयोगमा करिब २२ अर्ब रुपैयाँ लगानी गरी दुवै किनारमा बाँध निर्माण गरिएको छ ।

हरेक वर्ष बाढीको सतह बढेपछि बाँध भत्काएर गाउँ बगाउने हो कि भन्ने स्थानीय समुदायको त्रास बढेको छ ।

आइतबार देखि लगातार अविरल वर्षाले बाढीको सतह पुन बढेको छ ।