पहिरोमा परेर मृत्यु तथा सडक अवरोध

काठमाडौं - कागेश्वरी मनहरा नगरपालिका १ गागलफेदी बस्ने २२ वर्षीय नवराज गुरूङको सोही ठाउँमा आएको पहिरोमा पुरिएर आइतबार साँझ मृत्यु भएको छ ।

रसुवा - गोसाईकुण्ड गाउँपालिका ३ कुलुङ पुलस्थित स्याँफ्रुबेशी–टिमुरे पासाङ ल्हामु सडकखण्डआइतबार साँझदेखि पहिरोका कारण पूर्णरुपमा अवरोध भएको छ।

प्रहरी चौकी स्याँफ्रुबेशीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

लमजुङ - मर्स्याङदी गाउँपालिका ४ च्याम्चेमा आइतबार साँझदेखि पहिरो आई वेसिशहर मनाङ सडकखण्ड पूर्णरुपमा अवरोध भएको छ ।
प्रहरी चौकी बाहुनडाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

पाल्पा - तानसेन नगरपालिका ८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्गमा पहिरो खसेर सडक आइतबार साँझदेखि अवरोध भएको छ ।
प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्युठान- सरूमारानी गाउँपालिका ४ पाकुरीखोलास्थित भालुबाङ(रोल्पा सडकखण्डमा सोमबार बिहानदेखि अविरल वर्षाका कारण पहिरो आई सडक पूर्णरुपमा अवरोध भएको छ ।
प्रहरी चौकी बड्डाँडाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

चितवन- ईच्छाकामना गाउँपालिका ६ मुग्लिङ नारायणघाट सडकखण्डको चारकिलो भन्ने स्थानमा सोमबार बिहानदेखि अविरल वर्षाको कारण पहिरो झरेर सडक अवरोध भएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

दाङ -घोराही उपमहानगरपालिका १९ च्यानगैरास्थित घोराही(रोल्पा होलेरी सडकखण्ड अविरल वर्षाको कारण सोमबार बिहानदेखि पहिरो आई अवरोध भएको छ । प्रहरी चौकी दुईखोलीबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।