करेन्ट लागेर मृत्यु
धनुषा - सबैला नगरपालिका २ डेरा गरी बस्ने भारत मोतिहारी घर भएका ४५ वर्षीय प्रमोद महतोको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ ।
सोही नगरपालिका ३ बस्ने गुरुदयाल महतोको निर्माणाधिन घरको बिम ग्ल्यान्डर मेशिनले भत्काउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया