पहिरोले थिचेर एक युववको मृत्यु

आइतवार देखि लगतार वर्षाको कारणले देशका विभिन्न स्थानको जनजिवन प्रभाभित बन्दै गएको छ ।

अरिवल वर्षाको सँगै आएको पहिरोेमा परेर काठमाडौंमा एक युवकको मृत्यु भएको छ ।

गागलफेदीमा आइतबार साँझ आएको पहिरोबाट २२ वर्षीय नवराज गुरुङको मृत्यु भएको हो ।

साँझ साथीभाइसँग उनी गागलफेदीको जङ्गलमा गएका थिए । उनी खोलामा शौच गर्न गएको बेला पहिरो खस्दा उनको मृत्यु भएको बताइएको छ । 

पहिरोले थिचेपछि उनी चिच्याइरहेका थिए, उनलाई १० मिनेटमा निकालिएको थियो । त्यसबेलासम्म उनको ज्यान गइसकेको रहेछु, वडाध्यक्ष मुकुन्द गजुरेलले भने ।

नवराजको शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा राखिएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाका विभिन्न ठाउँमा पहिरो गएको नगरपालिका प्रमुख मेयरकृष्णहरि थापाले जानकारी दिए ।