आज साउनको पहिलो सोमबार: शिवालयहरुमा भक्तजनको चहलपहल न्यून
काठमाडौं - आज साउनको पहिलो सोमबारशिवालयहरुमा भक्तजनको चहलपहल देखिएको छ ।
तर यसपटक कोरोना भाइरसको महामारीका कारण शिवालयहरुमा मानिसहरुको उपस्थिति न्यून रहेको छ ।
सरकारले २५ जना भन्दा जना एक स्थानमा भेला नहुन भनेको छ भने मन्दीरहरु पनि प्राय बन्द अवस्थामा रहेका छन् ।
हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना मानिन्छ। हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् ।
साउने सोमबारका दिन निराहार ब्रत बसि शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।
साउने सोमबार शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु प्राप्त हुने र घर परिवारमा सुख शान्ति छाउने विश्वास रहिआएको छ ।
गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत
देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो ।
प्रतिक्रिया