कस्ता पुरुष महिलाहरूका रुचिभित्र पर्छन् ?

महिलाहरू कस्ता पुरुष मन पराउँछन् त भन्ने प्रश्न आफैंमा जटिल छ किनभने संसारमा कसैको पनि रुचि एकआपसमा ठ्याक्कै मिल्दैन । तापनि केही त्यस्ता साझा मापदण्ड हुन्छन् जुन धेरैलाई मन पर्ने किसिमको हुन्छ । यहाँ त्यही आधारमा महिलाहरू कस्ता पुरुषलाई रुचाउँछन् त भन्ने जिज्ञासाको उत्तर पहिल्याउने प्रयास गरिएको छ ।

कतिपय सामान्य कदकाठीका पुरुषहरू पनि महिलाका प्रिय पात्र बनिहेका हुन्छन् भने कतिपयसँग महिलाहरू दूरी बनाइराख्न चाहन्छन् । कतिपय पुरुष सदैव आकर्षक महिलाहरूबाट घेरिएर रहन्छन् र आफूसरहका अन्य पुरुषका तुलनामा महिला साथीसँग बढी खुला रूपमा जिउँछन् । आखिर त्यस्तो के छ जसले महिलाहरूलाई पुरुषप्रति आकषिर्त तुल्याउँछ ? कस्ता पुरुष महिलाहरूका रुचिभित्र पर्छन् ?

एक अध्ययनका अनुसार महिलाहरू पुरुषको लुक्सबाट भन्दा व्यवहारबाट बढी प्रभावित हुन्छन् ।

आत्मविश्वासले ओतप्रोत:  आत्मविश्वासपूर्ण पुरुषले अरूका अगाडि अलग्गै छवि निर्माण गरेका हुन्छन् । उनीहरू न अन्य पुरुषप्रति इष्र्या गर्छन् न त आफ्नो प्रेमिका वा श्रीमतीमाथि कुनै शंका नै गर्छन् । उनीहरू हरहमेसा सकारात्मक सोचाइ राख्छन् । महिलाहरू यस्ता पुरुषहरूको पछि लाग्छन् किनभने आत्मविश्वासी पुरुषहरू कहिल्यै पनि महिलालाई आफूप्रति आकषिर्त गर्नतिर लाग्दैनन्, उनीहरू केवल आफ्नो कुरा गर्छन् । अचम्म के भने महिलाहरू पुरुषको यही कुराबाट बढी प्रभावित हुन्छन् ।

वैश्विक छवि बनाउन सफल:  जुन पुरुषमा वैश्विक छवि वा भनौं विदेशी बोलीव्यवहारको छनक हुन्छ उनीहरूको भाषा एवं शैली पनि अलग अर्थात् आम मानिसको भन्दा फरक र विशेष देखिन्छ । यस्ता पुरुषहरूलाई महिलाहरू अनायास मन पराउन थाल्छन् ।

रोमान्टिक स्वभाव: रोमान्टिक पुरुषहरू क्लासिक रोमान्समा बढी विश्वास राख्छन् । उनीहरू महिलाका लागि चकलेट ल्याउन, फूल दिन तथा उनीहरूका साथ क्यान्डल लाइट डिनर गर्न रुचाउँछन् । उनीहरू आफ्ना पार्टनरलाई आफूले दिनमा कतिपटक उनीहरूका बारेमा सोचियो, आफूलाई उनीहरूका केकस्ता व्यवहार एवं हाउभाउले लोभ्याउँछन् भन्नेजस्ता कुराकानी गर्छन् । यस्ता पुरुषलाई पनि महिलाहरू विछट्टै मन पराउँछन् ।

विन्दास स्वभाव : महिलाहरू निर्धक्क एवं विन्दास स्वभावका पुरुषलाई ज्यादै मन पराउँछन् । यस्ता पुरुषहरूलाई कुनै कुरामा टेन्सन हुँदैन र अरूको टेन्सन हटाउने उपाय पनि उनीहरूसँग हुन्छ । यस्ता पुरुषहरू साहसी एवं हास्यचेत भएका हुन्छन् जुन कुराले महिलाहरूलाई असाध्यै लोभ्याउँछ ।

कलात्मक व्यक्तित्वले भरिएका:  कलात्मक व्यक्ति सहज हुन्छन् र उनीहरू हरेक पल जीवन्त बाँच्छन् । प्रायः उनीहरू महिलालाई प्रभाव पार्नका लागि आफ्नो कलात्मकताको प्रयोगमा रुचि राख्छन् र महिलाहरूलाई नै आफ्नो कलाको स्रोत मान्छन् । महिलाहरू यस्ता कलात्मक दिमाग भएका पुरुषको प्रशंसा गर्छन् भने उनीहरूको साथ रहँदा सहज महसुस गर्छन् ।

बुद्धिमत्तापूर्ण: महिलाहरू बुद्धिमान् पुरुषसँग छिटै प्रभावित हुन्छन् किनभने उनीहरू त्यस्ता पुरुषसँग हरेक कुराको जवाफ हुन्छ भन्ने ठान्छन् । उनीहरू त्यस्ता पुरुषहरूबाट सकारात्मक प्रतिक्रिया पाइने भएकाले पनि बढी मन पराउँछन् । बुद्धिमान् पुरुषहरू घन्टौंसम्म झर्को नलाग्ने गरी रमाइला कुराकानी गर्न सक्छन् कारणस्वरूप महिलाहरूको मन पग्लन्छ । बुद्धिमान् पुरुषहरूलाई के थाहा हुन्छ भने सम्बन्ध कायम राख्नका लागि बुद्धिमत्ताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ त्यसैले उनीहरू महिलाहरूसँगको सम्बन्धमा यस्तो खुबीको प्रयोग गर्छन् र उनीहरूकोमन जित्छन् ।

विचारशील : जो महिलाका लागि कारको ढोका खोलिदिन्छन्, बस्न कुर्सी अगाडि सारिदिन्छन्, आउटिङ जाँदा बिल तिर्छन् अनि हरेक काममा पहिले सम्मानपूर्वक महिला साथीलाई आग्रह गर्छन् त्यस्ता पुरुष विचारशील पुरुषको श्रेणीमा पर्छन् । महिलाहरूलाई आप\mनो व्यवहारमार्फत् विशेष सम्मान दर्शाउन प्रयास गर्ने यस्ता विचारशील पुरुषलाई महिलाहरू पार्टनरका रूपमा औधि मन पराउँछन् । यस्ता पुरुषहरू हरेक काम गर्नुअघि यसमा आप\mना अगाडिका महलिालाले के सोच्ने हुन् भन्ने कुरा विचार पुर्‍याउँछन् ।