माधव नेपालले भने जस्तै एमाले फेरी फुटको संघारमा पुगेको हो ?

काठमाडाैं । असोज ८ गते एमालेको केन्द्रीय कमिटीको बैठक बस्यो । उक्त बैठकमा सुदुरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरुले १० बुँदे कार्यन्वयन नभएको भन्दै असन्तुष्टि पोखेका थिए । असन्तुष्टि पोख्नेमा उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य भानुभक्त जोशी र झपट रावल थिए । जोशीले १० बुँदे कार्यन्वयन नभएको र पछि पनि नहुने भन्दै एमाले पार्टी नै छोडेर २१ असोजमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे ।

जोशी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशनमा सहभागी भए । लगतै एमाले छोडेर नेकपा एसमा प्रवेश गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदेको अब औचित्य नै नरहेको घोषणा गरे । ओलीले १० बुँदे माधवकुमार नेपालको लागि गरेको तर उनी नै नआएपछि त्यसको औचित्य नै नभएको एक सर्वाजनिक कार्यक्रममा बताएका थिए ।

उनले भनेका थिए ‘माधव नेपालले पार्टी फुटाउँदैनन् कि भनेर १० बुँदे गरिएको तर पार्टी विभाजन नरोकिएकाले सम्झौताको सान्दर्भिकता सकिएको हो ।’ त्यसपछि एमालेमा तेस्रो धारका नामले चिनिएका ११ जना स्थायी कमिटी सदस्य मध्ये केहि १० बुँदेको रटानमा छन् । ओलीको उक्त अभिव्यक्तिका विरुद्ध मोर्चाबन्दीमा लागेको बताइन्छ । स्थायी कमिटीको बैठकमा उपमहासचिव घनश्याम भुसालले पनि ओलीको अभिव्यक्ति प्रति असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

ओलीले अन्तिम समयमा माधव नेपाल नआए पनि तपाईंहरु आउनुस्, कमिटीमा बसेर काम गर्नुस् भनेको कुरा भुसालले बैठकमा उठाएका थिए । नेपाल एमालेमा नफर्कने भएपछि पनि ओलीले ११ जना स्थायी कमिटी सदस्यलाई मिलेर जान आह्वान गरेको भुसालले बैठकमा राखेको स्रोतले बतायो । ओलीले नेपालले अलग पार्टी बनाउदा १० बुँदे मान्छु भनेको तर अहिले औचित्य नै नभएको भनेपछि रावल, भुसाल लगायतका नेताहरु आक्रोशित बनेका छन् । जब की एमालेमा नेपाल पक्ष केहि नेताहरु नफर्कने निश्चित भएपछि ओलीले नेपाल निकट भनिएका तेस्रो धारका नेताहरुलाई कहिले सामुहिक रुपमा त कहिले एक एक्लै घरमा बोलाएर छलफल गरेका थिए । ओलीको आश्वासन पाएका तेस्रो धारका नेताहरु एमालेमा नै बसेका थिए ।

जसको प्रमुख कारण १० बुँदे ओलीले मान्ने बचन थियो । तर समय संगै एमालेमा ओलीले मनपरी गर्न थालेपछि फेरी महाधिवेशनको नजिक विवाद सुरु भएको छ । अझ भीम रावलले त स्थायी कमिटी बैठकमा नै फरक मत राखेका छन् । उनले सबै ठाउँमा १० बुँदे कार्यान्वयन भएपनि आफ्नो प्रदेश कमिटीमा त्यो लागु नभएको भन्दै असन्तुष्टि सहित फरक मत दर्ज गरेका छन् ।

अन्तत नेपालको बुझाइ नै सार्थकता तर्फ पुगेको छ । ओलीले १० बुँदे लागु नगर्ने भएपछि एमालेमा रावल, भुसाल लगायतका नेताहरु अब १० बुँदे लागु गराउँछन् कि ओलीले भने जस्तै औचित्य नै सकिएको घोषणा स्वीकारेर अगाडि बढ्छन् ? नेपाललगायत नेताहरुले एमाले छोडेर अर्को पार्टी गठन गरेपछि ओली एमालेमा एक्लै सर्वेसर्वा छन् । उनको अगाडि एमाले अन्य नेता पुट्का देखिन्छन् ।

अहिले एमाले नै ओली र ओली नै एमाले जस्तो भएको छ । त्यहि भएर एमालेमा अब जे जस्ता विवाद भएपनि ओलीलाई चुनौति दिने कोहि नेता छैनन् । अरु नेताहरुले ओलीलाई चुनौति दिएपनि अल्पमतको जातोमा पिसिने पक्कापक्की छ । ओली एमालेमा दुई तिहाइ भन्दा पनि बढी बहुमतमा छन् । उनलाई चुनौति दिनेको महाधिवेशनमा नै अस्तित्व रक्षाको चुनौति छ । त्यहि भएर होला तेस्रो धारमा पनि बुहमत सहकार्यमा जोड दिन्छन् ।

रावल भने अहिले पनि आफ्नो सुदुरपश्चिम प्रदेश कमिटीको गुमेको इन्चार्ज पद फर्कि पो हाल्छ कि भनेर १० बुँदेको त्यान्द्रो समातेर एमाले बैठकमा उपस्थित हुने गर्छन् । उनलाई साथ दिन्छन् भुसाल र पन्तले । तर उनको आवाज तुलसिलाल भवनको हलमा नै सुनिंदैन । रावलको माग अहिले पनि सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज लेखराज भट्ट होइन आफु हुनुपर्छ भन्ने छ । तर ओली त्यो मान्न राजी छैनन् । एक महिनापछि एमालेको दशौ महाधिवेशनको मिति नै तय भइसकेको छ ।

उक्त महाधिवेशनले एमालेको नेतृत्व चयन गर्नेछ । रावल इन्चार्ज भएपनि करिब डेढ महिना हुनेछन् । तर ओली त्यो मौकापनि रावललाई दिन चाहदैनन् । त्यसको कारण हो पार्टीमा विवाद हुँदा रावल लगायत नेताहरुले नेपाललाई सघाउनु । अझ रावल ओलीका कटु आलोचक पनि थिए । त्यहि भएर ओली रावललाई उपाध्यक्षमा नै सीमित राखेर महाधिवेशनमा नै छिनोफानो गर्ने तयारीमा रहेको स्रोतले बताएको छ ।

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

४०/५० करोडभन्दा माथिका भ्रष्टाचारमा ठूला दलहरुबीच सहमति हुन्छ : घनश्याम भूसाल

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

उपसभापति अर्याल भन्छन्-रास्वपाबाट तर्सिएर लखेट्न थालियो

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा  उपसभापति अर्याल

देश बनाउनका लागि ३६ हजारभन्दा बढी रवि लामिछानेहरू जन्माउनुपर्छ : रास्वपा उप…

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूलाई जिम्मेवारी तोक्ने तयारी

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल स्वदेश फर्किए, नयाँ नेतृत्वपछि नेताहरूला…

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले बास्कोटा

सत्ता गुमेको आक्रोशमा प्रचण्डले बंगलादेश बनाउँछु भनेर तर्साउँदै हिँडे : एमाले…

प्रधानमन्त्री ओलीले फेरि  दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्नँ

प्रधानमन्त्री ओलीले फेरि दोहोर्याउँदै भने-म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न …

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

जनयुद्ध महान नै थियो भने किन छोडेर आएको : प्रधानमन्त्री ओली

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल

लोसपाले संविधान संशोधनबारे अन्य दलसँग छलफल गर्न बनायाे कार्यदल