आज पनि भारी वर्षा हुने, सतर्क रहन मौसमविदको आग्रह
आइतबार बिहानदेखि लगतार वर्षाको कारणले बिभिन्न ठाउं डुबानमा परेको छ ।
सुरु भएको भारी वर्षाको क्रम अझै चार दिन रहने भन्दै पहाडी भूभागमा पहिरो तथा भूक्षय र तराईका क्षेत्रमा बाढी, डुबान तथा नदी कटाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ ।
सडक तथा हवाई यातायात सेवासमेत प्रभावित हुनसक्ने भन्दै त्यसतर्फ पनि सतर्क रहन विभागको अनुरोध गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५,सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ,।
बिभिन्न स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने
भएकोले आवश्यक सतर्कता अपनाउन मौसम विज्ञान विभागले अनुरोध गरेका छ ।
प्रतिक्रिया