सप्तरीमा मृत्यु भएका बृद्धको परिवारका सबैजना सदस्यमा कोरोना संक्रमित

सप्तरीमा मृत्यु भएका कोरोना संक्रमित बृद्धको परिवारका सबैजना सदस्यमा कारोना संक्रमण पुष्टि भएको छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारणले दिनप्रतिदिन कोरोना भाइरस संक्रमितको संख्या थपिदै गएका छ ।

राजविराजका ७२ वर्षीय बृद्वको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।

बिहीबार राति ८ बजे पोजेटिभ कोरोना संक्रमण पुष्टि भएका उनको सोही राति १० बजे मृत्यु भएको थियो ।

मृतक बृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए ।

मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।

मृत्यु भएका बृद्धकी पत्नी, छोरा, बुहारी र नाति,नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका ६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए।

संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।