गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवन उद्‍घाटन

कास्की -गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्यामअर्यालले आइतबार आयोजित एक समारोहवीच

पोखरा महानगरपालिका ७ मुस्ताङ चोकस्थित गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको नवनिर्मित कार्यालय भवनको उद्‍घाटन गर्नुभएको छ ।

उद्‍घटान समारोहलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक अर्यालले प्रदेश अस्पतालबाट दिईने सेवा सुविधालाई थप बिशिष्टिकृत गरीआगामी दिनहरुमा साधन सम्पन्न अस्पताल निर्माण गर्नको लागि बजेट व्यवस्थापन लगायतका बिषयमा पहल गरिने बताउनुभयो ।

अस्पतालबाट तल्लो तहसम्मका प्रहरी कर्मचारी, आश्रित परिवार तथा भूतपूर्व प्रहरी कर्मचारीहरू स्वास्थ्य सेवाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अस्पताल पोखराका प्रहरी नायव उपरीक्षक डा नर्मन लामिछानेले स्वागत मन्तव्य सहित अस्पतालका सेवा सुविधा सम्बन्धमा जानकारी दिनुभएको थियो ।
प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक किरण राणाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक निरन्जन कुमार सिंहले भवन

निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भवन निर्माणमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रहरी कर्मचारीहरु एवम् उनीहरुको सन्तती र अमर प्रहरी परिवार लगायत आम नागरिकहरुलाई प्रभावकारी रुपमा सेवा सुविधा प्रदान गर्ने ।

उद्देश्य अनुरुप नेपाल प्रहरी कल्याण कोषको बजेटबाट कुल २८ लाख २३ हजार ४ सय ४७ रुपैयाँ ५९ पैसा लागतमा उक्त अस्पताल निर्माण भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यक्रममा पोखरास्थित प्रहरी ईकाईहरुमा कार्यरत प्रहरी अधिकृतहरु, पूर्व प्रहरी संघका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।