पाँच दिनसम्म देशभर भारी वर्षा हुने
आगामी सोमबारदेखि पाँच दिन सम्म देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
प्रदेश नम्बर १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागका महानिर्देशक सरजु कुमार वैद्यले बताए ।
केहि स्थामा बाढी र पहिरो आएर ठुलो क्षति पुर्याउन सम्भावन रहेको छ मौसम पूर्वानुमान महाशाखाले बताएका छन् ।
मनसुन सुरु भएयता देखि देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ ।
विभिन्न ठाउँमा गएको बाढी, पहिरो, चट्याङ सर्पदंश लगायतका मनसुनजन्य घटनाबाट ३०दिनको अवधिमा १ सय १० जनाको मृत्यु भएको प्राधिकरणले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
प्रतिक्रिया