गाजाको विद्यालयमै इजरायकाे आक्रमणमा ३० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

इजरायली सेनाको पछिल्लो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएका छन् ।

 विस्थापित प्यालेस्टिनीहरूले आश्रय लिएको विद्यालयमा आक्रमण भएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको हो।उता इजरायली सेनाले मध्य गाजाको देइर अल-बालाहको पश्चिममा रहेको एउटा भवनमा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरलाई निशाना बनाएको बताएको छ। यसअघि इजरायली सेनाले आतङ्ककारी गतिविधि र रकेट हमलालाई ध्यानमा राख्दै दक्षिणी सहर खान युनिस वरपरको खाली ठाउँ समायोजन गर्नुपर्ने चेतावनी दिएको थियो। 

इजरायली रक्षा बलले गत हप्ता यस्तै आदेश जारी गर्दै आवासीय क्षेत्रको सिमाना परिवर्तन गरिएको थियो।