उज्वेकिस्तानमा तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि,शतर्क रहन आग्रह

उज्वेकिस्तानमा अध्याधिक गर्मी बढेपछि शतर्क रहन नागरिकहरुलाई आग्रह गरिएको छ ।

आगामी दिनहरूमा अत्याधिक गर्मी हुने भन्दै थप सावधानी अपनाउन आग्रह गरिएको हो ।देशको हाइड्रोमेटियोरोलोजिकल सेवाहरूको एजेन्सीका अनुसार जुलाइ २९ सम्म देशभर तातो हावा चल्ने बताइएको छ ।

देशका अधिकांश भागहरूमा हावाको तापक्रम ४०–४३ डिग्री सेल्सियस र दक्षिणी र मरुभूमि क्षेत्रहरूमा ४४–४५ डिग्री सेल्सियससम्म रहेको छ ।