फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह सरू हुनुअघि रेल नेटवर्कमा आक्रमण

फ्रान्समा ओलम्पिक खेलकुदको उद्घाटन समारोह हुनुभन्दा करिब १० घण्टाअघि शुक्रबार बिहान ५:१५ बजे रेल नेटवर्कमा आक्रमण भएको छ। धेरै रेल लाइन तोडफोड गर्दै तार जलाइएका छन्।

रेलवे लाइनमा कसले र किन आक्रमण गर्‍यो भन्ने जानकारी अहिलेसम्म खुलेको छैन। फ्रान्सको राष्ट्रिय रेलवे कम्पनी एसएनसीएफका अनुसार आक्रमणको आधा घण्टाभित्रै पेरिस आउजाउ गर्ने धेरै रेल रद्द गरिएका थिए। 

धेरै रेलहरू ९० मिनेटसम्म ढिलो चलिरहेका छन्। हमलाका कारण आज झण्डै २ लाख ५ हजार यात्रु प्रभावित भएका छन्। यो साता (जुलाई २८) सम्म करिब ८ लाख मानिस प्रभावित हुन सक्नेछन्। यसैबीच फ्रान्सका प्रधानमन्त्री गेब्रियल एटलले आक्रमणलाई ओलम्पिक बिथोल्ने षड्यन्त्र भनेका छन्।

ओलम्पिक खेलको उद्घाटन समारोह आज राति ११ बजे पेरिसमा हुँदै छ।यो  जुलाई २६ (आज) देखि अगस्ट ११ सम्म जारी रहनेछ। खेलकुदको यस महाकुम्भमा २०६ देशका १० हजार ५०० खेलाडीको सहभागिता  छ।