केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडाैँ-देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ 

प्रदेश २,बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ र प्रदेश ५ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले बताएकाे छ ।

साथै महाशाखाले आज राती देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएकाे छ ।

महाशाखाले प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै प्रदेश १ का थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना प्रक्षपण गरेको छ।