१७ वर्षे विद्यार्थीले शौचालयमा बसेर बनाएको एभियाटो नामक एप , हालै २३ लाख डलर उद्यम पुँजी प्राप्त

अमेरिकाका इरिक झु नामक एक १७ वर्षे विद्यार्थीले विद्यालयको शौचालयमा बसेर बनाएको एभियाटो नामक एपले हालै २३ लाख डलर उद्यम पुँजी प्राप्त गरेको छ। इण्डियानाको कार्मेलमा रहेको हाइस्कुलका १७ वर्षे झु ले बनाएको निजी बजारको तथ्यांक विश्लेषण गर्ने उक्त एपले हालै २३ लाख डलरको भेन्चर फण्डि अर्थात् व्यापार विस्तारका लागि आवश्यक रकम  प्राप्त गरेको हो।

उद्यम लगानीकर्ताहरुको समूह यस्तै प्रगति गर्न सक्ने स्टार्ट अपहरुलाई सहयोग गर्ने उद्देश्यले सामूहिक कोष बनाएर बसेका हुन्छन् । निकट भविष्यमा प्रगति गर्न सक्ने खालको स्टार्ट अपलाई छानेर उनीहरुले सहयोग गर्छन्। झु को एभियाटोमा पनि त्यस प्रकारको विशेषता देखेर उनलाई २३ लाख डलरको उद्यम पुँजी प्राप्त भएको हो ।

उनले बनाएको उक्त एपले क्रञ्चबेस र पिचबुकजस्ता प्रतिस्पर्धीहरूले झैं फन्डिङ राउन्ड र हेडकाउन्ट ट्र्याक गर्दछ। यसबाहेक कम्पनी क्रेडिट कार्ड राजस्व डाटा, कर्मचारीहरुले पाउने सेवा सुविधा र अन्य रकमहरुको तालिका र शीर्ष इन्जिनियरहरू हाल कहाँ काम गरिरहेका छन् भन्ने लगायत अन्य मेट्रिक्सहरुका बारेमा विश्लेषण गर्दछ।

‘यदि एभियाटोले गरेको काम सिग्नलफायर एपले उसको आन्तरिक डाटाबेसको लागि निर्माण गरेको भान भयो भने त्यो जानीजानी गरिएको हो, झु ले भने, ‘एभियाटोको लक्ष्य एउटा प्लेटफर्म निर्माण गर्नु हो जुन सिग्नलफायर एपले आन्तरिक रूपमा निर्माण गरेको जस्तो देखिन्छ ।

उनका अनुसार उक्त स्टार्टअप लगानी फर्मका संस्थापक वाल्टर कोर्ट्सचको परामर्श र प्रत्यक्ष निगरानीमा निर्माण गरिएको हो। टेकक्रन्चले उल्लेख गरे अनुसार उनले कोभिड महामारीका अल्छिलाग्दा दिनहरूमा सहि समयमा सही ठाउँमा पुग्नुपर्छ भन्ने उद्देश्यले उद्यम पूंजी र स्टार्टअपहरूबारे चासो दिएको बताए । उनी १३ वर्षको हुँदा सन् २०२० मा साम अल्टम्यान जस्ता व्यक्तिहरू समावेश भएका डिस्कर्डका समूह च्याटहरूबाट यबारेमा सिक्न थालेका थिए।