भारतले जुलाई २३ मा बजेट ल्याउने

भारतले मंगलबार (जुलाई २३) मा बजेट ल्याउने भएको छ । सन् २०२४ को युनियन बजेट अर्थमन्त्री निर्मला सितारमणले ल्याउन लागेकी हुन् । 

निर्मलाले भारतमा ल्याउने यो ७ औँ बजेट हुनेछ । टाइम्स अफ इन्डियाका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार संघीय संसद्‌मा बजेट प्रस्तुत गर्नेछन् ।इकोनोमिक टाइम्सका अनुसार आज भारतीय संसद्मा आर्थिक सर्वेक्षण सार्वजनिक हुनेछ । यसपछि  मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनेछ ।

आफ्नो तेस्रो कार्यकालमा रहेका प्रधानमन्त्री मोदीले बजेटमार्फत आफू अनुकूल नीति निर्माणमा जोड दिनेछन् । फस्ट पोस्टकारअनुसार यो भारतमा एकै वर्षमा दोस्रो बजेट हुनेछ ।

यसअघि फेब्रुअरी १ मा अन्तरिम बजेट ल्याइएको थियो । चुनावी वर्ष भएकाले चुनाव अघि पूर्ण बजेट ल्याउन नसक्दा यस्तो भएको बताइएको छ ।