बोलिभियामा सडक दुर्घटनामा १६ जनाको मृत्यु

बोलिभिया र चिलीलाई जोड्ने अन्तर्राष्ट्रिय राजमार्गमा शनिबार भएको सडक दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

चिलीसँगको देशको सीमाबाट बोलिभिया फर्कंदै गरेको मालवाहक ट्रकले चिलीको एरिका क्षेत्रतर्फ जाँदै गरेको यात्रुवाहक बसलाई ठक्कर दिएको ला पाज ट्राफिक परिचालन संस्थाको दुर्घटना विभागका निर्देशक निलो टोरिकोले बताउनुभयो । दुर्घटनामा घाइते सात महिला र सात पुरुषलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको छ । टोरिकोले उच्च टन भारको गाडीको चालक विपरीत लेनमा गएर बससँग ठोक्किएको बताउनुभयो ।

दुर्घटनामा दुवै सवारी साधनका चालकको मृत्यु भएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरिरहेको छ ।