फ्रान्समा भएको आगलागीमा सात जनाको मृत्यु

दक्षिणी फ्रान्सेली सहर निसको मजदुर वर्गको नजिकमा रहेको आवासीय भवनमा रातभर आगलागी हुँदा सात जनाको मृत्यु भएको बिहीबार अग्नि नियन्त्रकहरूले बताएका छन् ।

उद्धारकर्तालाई लगभग २ः३० बजे आगलागीे बारे सूचना गरिएको उल्लेख गर्दै आगलागीको कारण अझै अज्ञात रहेको बताएका  छन् ।  पर्याप्त स्रोतहरू तैनाथ भए तापनि, दुर्भाग्यवश आगलागीमा सात जनाको मृत्यु भएको उद्धारकर्ताहरूले जनाएका छन् ।   आगलागी बाट पिडितहरुलाई  आपतकालिन रूपमा अस्पताल लगि अस्पतालमा भर्ना गरिएको थियो ।

उद्धारकर्ताहरूले भवनको सातौं तलामा हिंसात्मक आगलागीको सामना गरेको जनाउदै तीनवटा हवाई सिढीबाट दर्जनौँलाई उद्धार गरी भवन खाली गरिएको जनाएका छन् ।  उनीहरुले २५ वटा फायर इन्जिन र ७२ वटा अग्नि नियन्त्रकमा संलग्नतामा आगो नियन्त्रणमा लिएको जनाएका छन् ।